अनशनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


Share This


नेपालबहस संवाददाता    

जुम्ला । जुम्लामा दश दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार मुटुको चाल बढ्नुका साथै रोगसंग लड्ने क्षमता कमजोर बन्दै गईरहेको छ। डा. प्रविण गिरीले डा। गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएको छ ।

अहिले डाक्टर केसी पिसावका लागि पनि शौचालयसम्म एक्लै जान सक्ने अवस्था रहेको बताइएको छ । केसीलाई छाति दुख्ने,कमजोरीले थकान महशुस हुने,मांशपेशी बाउँडिने, टाउको दुख्ने तथा चक्कर लाग्ने र पिसावमा किटोटको मात्रा बढी देखिएको छ।

डा. केसीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले उनलाई चौविसै घण्टा निगरानीमा राखेका छन। रगतमा सेता रक्तकोसिकाको मात्रा घट्दो क्रममा रहेकोले संक्रमणवाट बचाउन चुनौति देखिएको चिकित्सकको भनाई छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति राजेन्द्रराज वाग्लेले हिजोका दिनहरु भन्दा डा. केसीको स्वास्थ्य अवस्था विग्रदै गएको बताए।

अवस्था गम्भिर हुदै गएपछि सोमबार शिक्षामन्त्री गिरीराजमणी पोखेरलले फोन गरेर डा. केसीको स्वास्थ्य अवस्था बुझेका थिए। मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य उपचारमा कुनै कसुर बाँकि नराख्नको लागि निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमालले फोन गरेर डा. केसीको स्वास्थ्य अवस्था प्रति चिन्ता व्यक्त गरेको पनि बताइएको छ ।

उता दाजु सगै रहेका डा. गोविन्द केसीका भाई किशोर केसीले गयराती देखि स्वास्थ्य अवस्था नाजुक वन्दै गईरहेको वताए ।

तपाईको प्रतिक्रिया