अनसनरत डा.केसीलाई लिन सरकारको हेलिकोप्टर जुम्ला जादै


Share This


नेपालबहस संवाददाता    43 Views

काठमाडौं । चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग राख्दै १२ दिनदेखि जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई लिन सरकारले हेलिकोप्टर पठाउने तयारी सुरु गरेको छ ।

आफ्ना माग पुरा नभएसम्म काठमाडौं नआउने अडान रहेका डा. केसीलाई लिन सरकारले हेलिकोप्टर पठाउने तयारी गरेको छ । उनको अवस्था जटिल हुदै गएपछि सरकारले उनलाई लिन नेपाली सेनाको एमआई–१७ नम्बरको हेलिकोप्टर पठाउन लागेको हो ।

उता जुम्लामै रहेका डा.केसी निकट डा. भूमेश काफ्लेले भने काठमाडौंबाट हेलिकोप्टर आउनेबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।

अनसनरत डा. केसी भन्छन्, माग पुरा नहुने भए अनसन बसेको अवस्थामा मर्नै परे यहीँ नै मर्छु तर माग पुरा नभएसम्म काठमाडौं फर्किन ।
डा .केसी चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा आमरण अनसन बसेको आज १२ दिन भएको छ ।

तपाईको प्रतिक्रिया