एघारौं शैक्षिक मेला आजबाट भृकुटीमण्डपमा शुरु


Share This

नेपालबहस संवाददाता    

५ साउन, काठमाडौं । स्वदेशी शैक्षिक परामर्श दातृ संस्थाहरुको सार्थक उपस्थितिको पर्याय बनिसकेको नेपाल शैक्षिक परामर्श संघको ११ औं बृहत शैक्षिक मेला आजबाट शूरु भएको छ । चार दिनसम्म चल्ने मेला साउन ५ देखी ८ गतेसम्म हुने र सोको तयारी पुरा भइसकेको आयोजक इक्यानले जनाएको छ ।

एघारौं शैक्षिक मेलाको रुपमा आयोजना हुन लागेको यो मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको इक्यानले जनाएको छ । इक्यानका कार्यवाहक अध्यक्ष प्रकाश पाण्डेका अनुसार शैक्षिक मेलामा २३६ वटा स्टलहरु रहनेछन् भने १४ वटा पेभिलियनहरु रहने जानकारी दिएका छन् ।

यस मेलाका एकै स्थानमा विश्वका उत्कृष्ठ गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइने छ भने विशेषतः अमेरीका, अष्ट्रेलीया, न्युजीलैण्ड,क्यानडा, जापान, श्रीलंका, डेनमार्क, लगायत युरोपीयन मुलुकहरु तथा छिमेकी राष्ट्रहरु भारत र चिनका विभिन्न विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदाताहरुसँग साक्षात्कार हुने अध्यक्ष पाण्डेले जानकारी दिए । मुख्य प्रायोजक ब्रिटीश काउन्सील रहेकोे यस मेलामा पहिलो पटक श्रीलंका स्थित ४ वटा कलेजहरुको प्रत्यक्ष उपस्थिति रहने छ ।

मेलमा ईन एसोसिएसन विथमा अष्ट्रेलियाको प्यासिफिक कलेज अफ टेक्नोलोजि सहकार्य रहेको छ । त्यस्तै मेन स्पोनसर्सको रुपमा एजुकेसन एसिया प्रा। लि।, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रा। लि।, मर्सि एजुकेसन कन्सल्टेन्सि प्रा।लि।, मेट्स एजुकेसन प्रा। लि।, ओलि एण्ड एसोसियट्स प्रा। लि।, पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रा। लि। रहेका छन् । त्यस्तै स्पोन्सर्सहरुमा अरिना ईन्टरनेसनल एजुकेसन सर्भिसेज प्रा। लि।, बाबा एजुकेशन कन्सल्टेन्सी प्रा। लि।, बोष्टन एजुकेशनल सर्भिसेज प्रा। लि।, क्यामव्रिज ईन्सिच्युट अफ टेक्नोलोजि प्रा। लि।, ईडियु कन्सल्टेन्सि प्रा। लि।, ईनलाईटन ईन्टरनेसनल एजुकेसन प्रा। लि।, ई पि एजुकेसन अष्ट्रेलिया प्रा। लि।, फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सि प्रा। लि।, जिएनके जापानिज ल्याङ्गवेज टेष्ट ९रोयल जापानिज ल्याङ्गवेज एण्ड कल्चर सेन्टर०, गोल्डेन गेट ईन्टरनेसनल एजुकेसन प्रा। लि।, हार्डफोर्ड ईन्फोटेक सेन्टर प्रा। लि।,आई ई टि भड्डल टेक्निकल कलेज, ईन्डो वल्र्ड एजुकेशन कन्सल्टेन्सि प्रा। लि।, कङ्गारु एजुकेशन फाउन्डेसन प्रा। लि।, कान्तिपुर ईन्टरनेसनल ओपन एजुकेसन प्रा। लि।, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सि प्रा। लि।, नेपकम्स सर्भिसेज प्रा। लि।, नर्स ट्रेनिङ्ग अष्ट्रेलिया, अक्सफोर्ड डट ईडियु स्टडि कन्सल्टेन्सि प्रा। लि।, रोहिणि ईन्टरनेसनल एजुकेसन सर्भिसेज प्रा। लि।, रोयल एजुकेसनल सर्भिसेज प्रा। लि।, सिम्ला युनिभरसिटि, याकोहामा जापानिज ल्याङ्गवेज एकेडेमि प्रा। लि।रहेका छन् ।

त्यस्तै ईन्डोर्स वाईमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल च्याम्बर अफ कमर्श, शैक्षिक पत्रकार संजाल ९ईजोन० तथा अभिभावक संघ नेपाल रहेका छन् । यस मेलाको अफिसियल होटलमा होटल अन्नपुर्ण, पार्टनर बैकको रुपमा एन आई सि एसिया, एन एम वि बैक तथा प्रभु बैक लिमिटेड, अफिसियल पार्टनरको रुपमा फग, हिरो बाईक, अफिसियल म्यागजिनको रुपमा थ्भ्क् ःबनबशष्लभ तथा आईटि पार्टनरको रुपमा कम्युनिकेट मिडिया रहेको छ । उक्त मेलामा डेन्टल क्याम्प र रक्तदान कार्यक्रम नियमित रुपमा मेला अवधि भर सञ्चालन हुने छ

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार