अनशनरत डा. केसीको शरिरमा अक्सिजनको मात्रा कम


Share This


नेपालबहस संवाददाता    63 Views

जुम्ला । जुम्लामा १४ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको गएराति देखि मस्तिष्कमा रक्तसञ्चार निकै कम भएको उपचारमा संलग्न डाक्टरहरुले बताएछन् ।

‘शरिरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्युन रहेको र मस्तिस्कमा रक्तसञ्चार निकै कम रहेको उपचारमा संलग्न डा.जीवन क्षेत्रीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचाररत डा.केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि आइसियु नहुँदा ज्यान जोखीममा रहेको क्षेत्रीले बताए।

डा. केसी बोल्न सक्ने अवस्थामा नरहेकाले उनको जीवन रक्षाका लागि सरकारलाई गम्भिर बन्न उपचारमा संलग्न डाक्टरहरुले आग्रह गरेका छन्।

यसैबिच, डा. केसीको समर्थनमा आज त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु केसीको जीवनरक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलित भएका छन्।

तपाईको प्रतिक्रिया