डा.केसीको समर्थनमा माइतीघरमा ओपीडी सेवा


Share This


नेपालबहस संवाददाता    52 Views

काठमाडौं । जुम्लामा अनशनरत चिकित्सक डा.गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन ‘एनआरडीए’ ले माइतीघर मण्डलामा बहिरंग ‘ओपीडी’ सेवा संचालन गरेको छ ।

अनशनरत डा.केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले शुक्रबार माइतीघरमा सांकेतिक विरोध स्वरुप ओपीडी सेवा संचालन गरेको हो।

एनआरडीएका अध्यक्ष डा. सुमित पाण्डेले अनसनरत डा।केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु बिरोधमा उत्रनुपरेको बताए।

तपाईको प्रतिक्रिया