fbpx

मनिषाले भेटिन डा.केसीलाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । २१ दिनदेखि अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइए लगदै अभिनेत्री मनिषा कोइरालाले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर भेटेकी छिन्।

अभित्रेनी कोइरालाले केसीलाई शिक्षण अस्पतालको गणेशमान भवनमा पुगेर भेटेकी हुन्। कोइरालाले केसीसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। केसीले थोरैमात्र बोल्न चाहेपछि उनले उनको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।

डा. केसीलाई बिहीबार साँझ जुम्लाबाट ल्याएर त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो । नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि केसीलाई सिधै अस्पताल पुर्याइएको थियो। केसीलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको भए पनि केसीले आईसियूमा बसेर उपचार गर्न अस्वीकार गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले जुम्लाबाट सुर्खेत हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो। अनशनस्थलबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार