fbpx

अनसनरत डा.केसीको समर्थनमा सुरु भयो चिकित्सकहरुको सामुहिक ‘अनसन’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । २५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले मंगलबार देखि सामुहिक ‘अनसन’ सुरु थगरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्का आवासीय चिकित्सकहरुले आज बिहान १० बजेदेखि डा. केसी अनसनरत रहेको भवन अगाडि अनसन सुरु गरेका छन् ।

अनसनमा अस्पतालका कार्यरत झण्डै १५० आवासीय चिकित्सकहरुको सहभागिता रहेको छ । अनसन अघि आवासीय चिकित्सकहरु सरकारको विरोधमा मुखमा पट्टी बाधेर त्रिवि शिक्षण अस्पताल परिसरमै र्‍यालीसमेत निकालेका थिए ।

डा.केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले इमजेन्सी तथा आइसीयु सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बहिष्कार गरेका थिए ।

उनीहरुले मंगलबार विहानै चिकित्साशास्त्र अध्ययन संस्थान ‘आईओएम’का डीन कार्यालय अगाडि धर्ना दिनुका साथै प्रर्दशनसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया