fbpx

डा.केसीले अनसन तोडेपछि चिकित्सकले फिर्ता लिए आन्दोलनका कार्यक्रम


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । २७ दिन देखि आमरण अनसनमा रहेका प्रा.डा.गोविन्द केसीले अनसन तोडपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ ।

संघका आजीवन सदस्य प्रा। डा। गोविन्द केसीले अनसन तोडेपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो । नेपाल सरकारसँग बिहीबार साँझ सहमति भएपछि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको २७ औं दिनमा डा . केसीले अनसन तोडेका थिए ।

चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले बिज्ञप्ति निकालेर केसीका माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिइएको जानकारी दिएका छन् ।

केसीको जीवन रक्षाको लागि भन्दै संघले बिभिन्न दबावमुलक कार्यक्रमहरु गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया