किशोरावस्थादेखिनै धुम्रपान तथा मदिरा सेव गर्नेहरुमा स्वास्थ्य जोखिम बढ्ने



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । किशोरावस्थादेखिनै धुम्रपान तथा मदिरा सेव गर्नेहरुमा १७ वर्षको उमेरदेखि नै स्वास्थ्य जोखिम बढ्ने एक अध्ययनले देखाएको छ।

युरोपियन हर्ट जर्नलमा प्रकाशित अनुसन्धानमा मदिरा तथा चुरोट सेवन गर्ने किशोरहरुमा आँखा कमजोर हुने, मुटुमा समस्या आउने, नसा सम्बन्धी समस्या १७ बर्षको उमेरदेखिनै देखापर्ने जनाइएको छ।

‘एभोन लंगीच्युडनल स्टडी अफ प्यारेन्ट्स् एण्ड चिल्ड्रेन’ ‘एएलएसपिएसी’ नामक अनुसन्धानले सन् २००४ देखि २००८ सम्म चार वर्षको अनुसन्धानमा १४ हजार पाँच सय परिवारमा अनुसन्धान गरी सूचनाहरु संकलन गरी यस तथ्य पत्ता लगाएको हो।

अनुसन्धानले यदी किशोर–किशोरीहरुले समयमै चुरोट तथा मदिरा त्यागे उनीहरुको स्वास्थ्य अवस्था सामान्य हुनेपनि बताएको छ। अनुसन्धानमा समावेश भएका १३ देखि १७ वर्ष सम्मका मदिरा तथा चुरोट सेवनगर्ने किशोर–किशोरीहरुको परिक्षणबाट उनीहरुको नसाहरु कडा भएको पाइएको जनाइएको छ।

आँखा कमजोर हुनु र मुटुका समस्याहरु निम्तिनुमा नसाहरु कडा हुनु रहेको अनुसन्धानकर्ताहरु बताउँछन्। अध्ययनमा किशार–किशोरीले कतिमात्रामा चुरोट र मदिरा सेवन गरे तथा कुन उमेरबाट कुलतमा लागे भन्ने प्रश्न गरिएको थियो।

अनुसन्धानमा जसले सयभन्दा धेरै चुरोट सेवन गरेर अत्यधिक मदिरा सेवन गरे उनीहरुको नसामा समस्या आउने बढी खतरा रहेको पाइयो। यसैगरी २० पटक सम्ममात्र चुरोट सेवनगरी दिनमा २ पटकमात्र मदिरा पियको छ। त्यस किशार–किशोरीमा नसासम्बन्धी समस्या आउने खतरा न्यून रहेको देखिएको छ।

यस अनुसन्धानका एक प्रमुख खोजकर्ता तथा यूसिएल इन्स्टीच्यूट अफ कार्डियो भास्कुलर साइन्सका प्रोफेसर जोन डिनफिल्डले भने, ‘वेलायती परिवारमा गरिएको यस अनुसन्धानले किशोरावस्थामा गरिने धुम्रपान तथा मदिरा सेवनगर्नेहरुमा स्वास्थ्य जोखिम रहेको देखाएको छ।’

उनले नसा कडा हुने समस्याका कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने बताए। ‘ब्रिटिस हर्ट फाउन्डेसन’का निर्देशक प्रोफेसर मेटिन अभकिरनले किशरो किशोरीले धुम्रपान तथा मदिरा सेवन त्याग्नुपर्ने सल्लाह दिएका छन्।

उनले आँखा र मुटुको समस्याबाट जोगिन कुलत त्याग्नुपर्ने बताउँदै भने, ‘आफ्नो ज्यान जोगाउन हामीले हाम्रो व्यवहारमा परिवर्तन ल्याउनैपर्छ।’ एजेन्सीं


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •