लिखित सहमति नहुँदासम्म डाक्टरहरुको आन्दोलन जारी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मुलुकी अपराध संहिताको विरोधमा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूको मागका सम्बनधमा सरकारले लचकता देखाएको छ ।

विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग अनुसार कम्युनिस्ट सरकारले ऐन संशोधन गर्न चलकता देखाएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले आन्दोलनरत चिकित्सकहरूको माग पूरा गर्न तयार रहेको बताए ।

चिकित्सकले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् । मुलुकी अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि लाखौँ बिरामीहरू प्रभावित बनेका छन् ।

सरकारले सहमति जनाए पनि लिखित सहमति नहुँदासम्म आन्दोलन नरोकिने चिकित्सक संघले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •