भदौ २३ गतेदेखि टोफेल आयल्टस स्कोर बुस्टर फेयर


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी एनआईइसीको आयोजनामा आगामी आइतवार टोफेल, आयल्टस स्कोर बुस्टर फेयर हुने भएको छ ।

उच्च शिक्षा अध्ययन गर्नको लागि विभिन्न देशहरुमा जान इन्छुक विद्यार्थीहरुको लागि आइल्टस, टोफेल र स्याटवानको बारेमा भदौ २३ गते सेक्टेम्बर ९ तारेखमा स्कोर र बुस्टर फेयर गर्न लागिएको हो ।

एनआईइसीका सिओइ सञ्जय स्मार्टले विद्यार्थीको लागि एक दिने स्कोर बुस्टर फेयर गर्न लागिएको बताए । उनले भने,‘विद्यार्थीहरु उच्च शिक्षाको लागि विभिन्न देशमा जानु भन्दा अगाडि आयल्टस, टोफेल र स्याटवानमा कसरी धेरै अंक ल्याउने भन्ने विषयमा जान्न जरुरी छ, त्यसको लागि हामीले व्यवहारिक रुपमा विभिन्न टेक्नीकहरु सिकाउछौ ।’

विद्यार्थीहरुले स्कोर बढाउनको लागि भुक्याबुलरी ‘शब्दभण्डार’ आइडिया नै मुख्य कुरा हो त्यसको लागि हामीले रमाइलोसँग बुझने भाषामा स्कोर बुस्टर फेयर विद्यार्थीहरुलाई सिकाउछौ, उनले भने ।

आयल्टस, टोफेलको बारेमा पढने, सुन्ने लेख्ने बोल्ने स्वाटवानमा तर्क र व्याकरण लगायतको विषयमा हामीले विद्याथीहरुलाई सहज र सरल ढंगले बुझाउन स्कोर बुस्टर फेयर आयोजना गरिएको स्मार्टले बताए ।

विद्यार्थीको मनोविज्ञानलाई बुझेर विदेशमा अध्ययन गर्न जानको लागि परामर्श दिने बताउदै उनले फेयरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुको लागि एनआईइसीमा अध्ययन गर्ने चाहेको अवस्थामा छुट पनि दिइने बताए ।

तपाईको प्रतिक्रिया