एशिया प्रशान्त क्षेत्रीय कमिटीको बैठक शुक्रबारदेखि श्रीलंकामा सुरु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विश्व शिक्षक महासंघ फिजेको एशिया प्रशान्त क्षेत्रीय कमिटीको बैठक शुक्रबारदेखि श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ ।बैठकमा सहभागी हुन नेपालबाट विभिन्न ६ शिक्षक युनियनका प्रतिनिधिहरु बिहीबार कोलम्बो प्रस्थान गरेका छन् ।

विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एशोसिएसन उस्टानका अध्यक्ष रामकुमार वान्तवा राईको नेतृत्वमा १५ सदस्यीय टोली बैठकमा सहभागी हुँदैछ ।

उस्टान उपाध्यक्षद्वय नविन पौडेल र कविता लुइँटेल भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठन एन्टोबाट उपाध्यक्षहरु कृष्णदत्त जोशी, ऋषिराम चापागाईं, महासचिव निम बहादुर केसी कार्यक्रममा सहभागी हुँदै छन् ।

त्यसैगरी माध्यमिक विद्यालय शिक्षक एशोसिएसन हिस्टानका अध्यक्ष पुष्प न्यौपाने, वरिष्ठ उपाध्यक्ष रहने बताइएको छ । ऋषिराम कट्टेल र महासचिव विक्रम पोख्रेल बैठकका लागि प्रस्थान गरेका छन् ।

अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरु गंगाप्रसाद पौडेल, कमला वन्जाडे भुषाल, अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरु लक्ष्मीराम ढकाल, शंकर प्रसाद ढकाल र महासचिव रमेश रुपाखेती र नेपाल शिक्षक महासंघ सिएनटीबाट उपमहासचिव दीनानाथ तिमल्सिना कार्यक्रममा सहभागी छन्।

विश्व शिक्षक महासंघ सन् १९४६ मा स्थापना भएको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •