fbpx

नेपाल जनस्वास्थ्यकर्मी संघको निर्वाचन स्थगित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल जनस्वास्थ्यकर्मी संघ नेफाको निर्वाचन स्थगित भएको छ। यही असोज १३ गते हुने भनिएको निर्वाचनका विषयमा परेको उजुरीमाथि छलफल हुँदा स्थगित गर्ने सहमति भएको हो।

चार वर्षदेखि विभिन्न विवाद रहेको नेफाको निर्वाचन अवैधानिक भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो।

उजुरी माथि छलफल गर्ने क्रममा चुनाव स्थगित गरी साधारण सभा गर्ने सहमति भएको हो। साधारण सभाबाट नयाँ प्रक्रिया अनुसार चुनाव गर्ने समेत सहमति भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार