fbpx

‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु, एक डलर शुल्क कायम


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु भएको छ ।

सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको रुपमा सञ्चालन गरिने आयोजकले जानकारी दिए ।

भर्चुअल स्कूल सञ्चालनमा ग्लोबल नेपाली आईसीटी कन्सोर्टियमको समेत सहकार्य रहनेछ ।

कार्यक्रमले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली अभिभावक आफ्ना बालवालिकालाई भातृभाषा सिकाउनुपर्ने आवश्यकता र नेपाली भाषा सिक्न चाहने व्यक्तिहरुलाई अति नै उपयोगी हुने कन्सोर्टियमका संयोजक नारायण न्यौपानेले जानकारी दिए ।

दूर शिक्षा प्रणालीबाट अध्यापन गराइने सो शिक्षण विधिमा विद्यार्थीले साँचिकै कक्षामा बसेर अध्यापन गरेको महसुस गर्नेछन् । प्रत्येक समूहमा विभिन्न देशमा एकै समयमा आफ्नो कक्षामा बसेर अध्ययन गर्न सक्ने गरी व्यवस्था मिलाइको छ ।

सो सामाजिक अभियान सफल बनाउन एक घण्टामा एक डलर शुल्क कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार