fbpx

टिचिङ अस्पतालको निर्देशक छनोटका लागि नयाँ कमिटी गठन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिवि शिक्षण अस्पताल ‘टिचिङ’ महाराजगन्जमा कार्यकारी निर्देशक नियुक्त गर्न ३ सदस्यीय कमिटी गठन गरिएको छ ।

निर्देशकको नाम सिफारिस गर्न त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको हो।

समितिमा राजनीतिक रुपमा खुलेका दुई डाक्टरलाई सदस्य बनाएको छ। त्रिविले नेकपानिकटमा रुपमा चिनिएका डा प्रदीप ज्ञवाली र नेपाली कांग्रेस निकटका रुपमा चिनिएका डा अभिमन्यु झालाई कमिटीको सदस्य बनाएको छ।

निर्देशकका नाम सिफारिस गर्न यसअघि पनि कमिटी बनाइएको थियो। तर, उक्त कमिटीमा नाम सिफारिस गर्ने क्रममा विवाद आएपछि निर्देशकको नाम सिफारिस गर्न सकेको थिएन। कमिटीले नाम सिफारिस गर्न नसकेको भन्दै त्रिविलाई जानकारी गराएपछि उक्त कमिटी खारेज भएको थियो।

Image result for त्रिवि टिचिङ अस्पताल

अस्पतालका निर्देशक डा दीपक महराको कार्यकाल सकिएपछि सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि पुन निर्देशकको जिम्मेवारी दिएको थियो। तर, उनले गत साउन ४ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि अस्पतालमा निर्देशक पद खाली भएको हो।

आइओएमले निमित्त निर्देशकको जिम्मेवारी आइओएमकी सहायक डिन मन्दिरा वन्तलाई दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार