पूर्वराजा ज्ञानेन्द्र नियमित स्वास्थ्य जाँच गराउन नर्भिकमा


Share This


नेपालबहस संवाददाता    109 Views

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य जाँच गराउन आइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् । शाहलाई ०७१ असोज ५ गते हृदयघात भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको नेपालबहसलाई जानकारी दिएका छन् ।

‘शाहले मुटुको नियमित चेकजाँच गराउदै आएका छन् । त्यसैका लागि नर्भिक अस्पताल गएको पाठकले बताएका छन् । अहिले नियमित स्वास्थ्य जाँच मात्र हो अन्य कुनै समस्या छैन उनले भने ।

तपाईको प्रतिक्रिया