fbpx

सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थको पेमेन्ट सलुसन्स प्रमुख सुरेशराज महर्जन र ओमका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्।

बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ युएनओ क्रेडिट कार्डबाहक र तिनका परिवार तथा बैंकका सबै ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार