fbpx

तराई हस्पीटलको प्रथम वार्षीकोत्सवमा रक्तदान तथा सम्मान


Share This

नेपालबहस संवाददाता    

वीरगंज । तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफनो प्रथम वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । वार्षिकोत्सवको अवसर पारेर हस्पीटलले रक्तदान एवम वर्षौ देखी स्वास्थ्य सेवामा योगदान पुर्याउदै आएका वरिष्ठ चिकित्शकहरुलाई सम्मान गरेको छ ।

अस्पताल परिसर आयोजना भएको कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । वीरगंजमा रही २ दशक देखी वीरगंजको स्वास्थ्य सेवामा अहम योगदान पुर्याउनु हुने डा.रामअवतार खेतान,डा.सागरमान अमात्य,डा.श्यामसुन्दर दास,डा.गोपाल प्रसाद गजुरेल,डा.जगदीश अग्रवाल,डा.मञ्जुलता अग्रवाल,डा.विर सिंह थापा र डा. विरेन्द्र कुमार झालाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये उतकृष्ट कार्य गर्ने एकजना कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो साथै एक वर्ष देखी निरन्तर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत कदरपत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी वार्षीकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

अस्पतालका संचालक सदानन्द कुर्मी र रामाश्रय प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.रोशन कुर्मीले अस्पतालको अवस्था र भावी रणनितीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन विपिन चौरसीयाले गरेका हुन्, स्वागत मन्तव्य अजय गुप्ताले राखेका थिए ।

तपाईको प्रतिक्रिया