fbpx

डाक्टरहरु फेरि उत्रिए सडकमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । समायोजन विधेयकको विरोधमा भएको शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै सरकारी चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज वीर अस्पतालबाट निकालेको विरोध र्याली माइतिघर पुगेको थियो । माइतिघरबाट प्रहरीले अघि बढ्न नदिएपछि स्वास्थ्य मन्त्रालयसम्म पुग्ने उनीहरुको योजना भने विफल भएको थियो ।

आइतबार विरोध र धर्नाका क्रममा प्रहरीले केही चिकित्सकहरुलाई नियन्त्रणमा लिएको थियो । स्वास्थ्य सेवाका कर्मचारीलाई अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार भएकोमा असन्तुष्ट बनेका उनीहरु आन्दोलनरत छन् । उनीहरुले समायोजन अध्यादेश गैरकानुनी भएको आरोप लगाएका छन् ।

विधेयकको दफा ४३ मा नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरुको समूह वा उपसमूह परिवर्तनको व्यवस्था छ । दफा ४३ को उपदफा ३ अनुसार सरकारको खर्चमा स्वास्थ्य सेवाका कुनै कर्मचारीले अध्ययन गरी विशेष योग्यता हासिल गरेमा उसको सेवा समूह सरकारले परिवर्तन गर्नसक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार