fbpx

नेपाल चिकित्सक संघद्धारा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक –२०७५’ को स्वागत



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेका छन् ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्ने विषयमा भने स्पष्ट कानुनी व्यवस्था गर्न पनि समितिलाई सुझाव दिए ।

अध्यक्ष श्रेष्ठले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि समितिसँग आग्रह गरे । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी छ ।

बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराएका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सचेत गराए ।

समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरे ।

संवैधानिक व्यवस्था अनुसार जनताले चाहेको ठाउँमा अस्पताल खोल्ने पाउने अधिकारलाई चिकित्सकहरुले अवरोध गर्न नहुने उनको तर्क छ ।समितिले बुधबार वरिष्ठ चिकित्सक केसीसँग पनि त्यो विधेयकका सम्बन्धमा छलफल गरेको थियो ।