चिकित्सा शिक्षा विधेयक पेश हुँदै, नसच्याए अनसन बस्ने डा.केसीकाे चेतावनी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन नसच्याउन प्रा. डा. गोविन्द केसीले अनसन बस्ने चेतावनी दिएका छन् ।

उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोले फरक मत राखेका छन् । यो प्रतिवेदन सोमबार आज पूर्ण पेश हुँदैछ ।

आज बिहान पत्रकार सम्मेलन गरी डा केसीले सम्झौता विपरित प्रतिवेदन तयार भएमा अनसन बस्ने बताएका हुन् ।

‘शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रुपमै हामीसँग भएको सम्झौता अनुरुप नै विधेयक पारित हून्छ भनेकाले सत्याग्रहका कार्यक्रम पुस २५ सम्म्का लागि स्थगित गरेको केसीलेबताएका छन् ।

डा. केसी भने, “हामीसँग भएको सम्झौता विपरित उपसमितिले बनाएको प्रतिवेदन अबिलम्ब सच्याउन समितिलाई माग गर्दछु । अन्यता हामीले दिएको समयसीमा भन्दाअगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार