अनशन बस्न डा. केसी दोस्रो पटक इलाममा, माग पूरा नभए ४ बजेदेखि अनशन बस्ने


Share This

नेपालबहस संवाददाता    

इलाम । १६ औँ पटक अनशन बस्ने चेतावनी दिँदै आएका डाक्टर गोविन्द केसी दोस्रो पटक इलाम पुगेका छन् । आफना माग सरकारले सम्बोधन नगरे बुधबार आज दिउँसो ४ बजेपछि सत्याग्रह सुरु गर्ने भन्दै डाक्टर केसी दोस्रो पटक इलाम पुगेका हुन् ।

गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । तर, विधेयक लामो समयसम्म संशोधन नभएपछि १६ औँ सत्याग्रह बस्ने तयारीमा डाक्टर केसी छन् ।

सरकारसँग भएको सम्झौता अनुसार पूर्वमा पाँचथर अथवा इलाममा र सुदूरपश्चिममा डडेलधुरा र डोटी कुनै एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्झौता भएको थियो ।

यसअघि पुस १५ गते इलाम पुगेका केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनसन स्थगित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार