डा . केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा .गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा .केसी एलाइन्सले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो ।

सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा. केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सरकारले विगतमा डा .केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ । सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा. केसी अनशनमा बसेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार