fbpx

सरकारी चिकित्सक चरणबद्ध आन्दोलनमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सहमति कार्यान्वयन गर्न माग गर्दै सरकारी सेवामा रहेका चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रिएका छन ।

पुस ३० गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ ‘गोदान’ बीच ८ बुँदे लिखित सहमति भएको चार साता नबित्दै चिकित्सक पुनः आन्दोलनमा उत्रेका हुन ।

स्वास्थ्य मन्त्रालयले गोदानसँग अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा संघीय लोकसेवा आयोगवाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सकलगायत अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्ने गरी आवश्यक व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सहमति गरेको थियो ।

सो सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सक आन्दोलित भएका हुन् । सोमबार आन्दोलनमा उत्रिएका चिकित्सकलाई प्रहरीले स्वास्थ्य मन्त्रालय प्रवेशमा रोकेको थियो । चिकित्सकले मंगलबार पनि र्‍यालीसहित धर्ना दिँदै छन् ।

सरकारी चिकित्सकले फागुन ३ सम्म शान्तिपूर्ण धर्नालगायत चरणबद्घ आन्दोलनलाई सरकारलाई वास्ता नगरे कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएको छ । मुलुकभर हाल करिब १ हजार ६ सय चिकित्सक सरकारी सेवामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार