एसइईको नतिजा असार दोस्रो साता प्रकाशित हुने


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा असारको दोस्रो हप्ता प्रकाशित हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार गत वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने भएकाले असारको दोस्रो हप्ता नजिता प्रकाशित हुने भएको छ ।

नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि पनिकामा समेत यस वर्ष नयाँ कर्मचारी आएकाले संपरीक्षण लगायतका कार्यमा ढिलाई हुदै गएकाले नतिजा ढिलाई हुने भएको हो । एसईइ परी गएको चैत ८ गतेबाट सुरु भई १७ गते सम्म परीक्षा संचालन भएको भएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State