‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको औपचारिक शुभारम्भ


Share This

नेपालबहस संवाददाता    

जनकपुरधाम । प्रदेश नं. २ मा संचालित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको बिहीबार समारोहका बीच औपचारिक शुभारम्भ गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन् ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेश सभा सदस्य सहितको उपस्थितिमा भएको शुभारम्भ समारोहमा मुख्यमन्त्री राउतले यो कार्यक्रममा मुख्यमन्त्रीको नाउँ जोडिएपनि कार्यक्रममा सबैको सक्रिए सहभागिता आवश्यक रहेको बताए ।

उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नु हुँदै समाजिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

उनले बेटी पढाउ बेटी बचाउ कार्यक्रमको सबै तिरबाट साकारात्मक प्रतिक्रिया आइ रहेको बताउदै सबैको सहयोगले कार्यक्रम उचाईमा पुग्ने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया