अब भक्तपुरमै हुन्छ बिबिएमको पढाइ


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । काठमाडौं उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलोपटक बिबिएम ब्याचलर अफ विजनेश म्यानेजमेन्टको पढाइ हुने भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेकाले यही वर्षदेखि बिबिएमको पढाइ हुने कलेजले जानकारी दिएको छ ।

ख्वप कलेजका प्राचार्य रुपक जोशीले तीन वर्षपछि कलेजले बिबिएमको यसै वर्षदेखि पढाइ शुरु गर्ने बताए । सेमेष्टर प्रणालीमा चार वर्षे कोर्षको पढाइ हुने र छ महीनाको अन्तरमा आठवटा सेमेष्टर सञ्चालन हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया