fbpx

रुपक पटेलको अध्यक्षतामा तराई-काठमाडौं बिद्यार्थी परिषद् गठन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तराईबाट आएर काठमाडौंमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठीत भएका छन् । शनिबार भएको एक भेलाले तराई–काठमाडौं बिद्यार्थी परिषद् गठन गरेको छ ।

भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यियकार्य समिती चयन गरेको छ । काठमाडौंमा रहेका तराईका बिद्यार्थीहरुको सेवाको लागि परिषद गठन गरीएको नवगठित समितीकाअध्यक्षले जानकारी दिए ।

तराईका जिल्लाबाट काठमाण्डौ आएर पढ्ने बिद्यार्थीहरुकै हितमा काम गर्नका लागि परिषद गठन भएको हो । बिद्यार्थीहरुको यो समुह आवश्यकता परेको खण्डमा अन्य सामाजिक कार्यमा पनि सकृय हुने अध्यक्ष पटेलले बताए ।

परिषदका संरक्षक तथा सल्लाहकार सुदिपचन्द्र बख्रेलले बिद्यार्थीहरुले आफ्नो उर्जा समाज परीवर्तनकालागिखर्च गर्नुपर्ने बताए । ‘बिद्यार्थी भनेकै समाजका खम्बा हुन्,’उनले भने –‘विद्यार्थीहरु यसरी संगठित हुँदा समाज बलियो हुन्छ ।’ परिषदले आगामी दिन समाजका लागि उल्लेखनिय योगदान दिने बख्रेलले आशाव्यक्त गरे ।

यसैगरी परिषदका अर्का सल्लाहकार तथा संरक्षक सुरज खनालले तराईका बिद्यार्थीहरु संगठीत हुनुलाई सकरात्मक कार्यको थालनीको रुपमा व्याख्या गरेका छन् । परिषदले स्वच्छ नेपाल अभियानको पनि थालनी गर्ने भएको छ । काठमाण्डौबाट शुरु हुने यो अभियानलाई तराईका जिल्ला हुदै देश व्यापी बनाउने लक्ष्य सहित योजना निर्माण भएको अध्यक्ष पटेलले बताए ।

समितीको उपाध्यक्षमा ओमजी गुप्ता, सचिवमा रेयान यादव, सह सचिवमा निकी पटेल, कोषाध्यक्षमा दिव्या ठाकुरल, सह कोषाध्यक्षमा रौनक सिंह, सदस्यहरुमाउदिप गुप्ता, रामशंकर साह, अमन गुप्ता, आरोहि साह, सोहेव अंसारी, जौवाद हुसैन अंसारी उमेश प्रसाद गुप्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया