fbpx

निर्मला हत्या प्रकरण : नेवि संघद्धारा स्कुल बन्द


Share This

नेपालबहस संवाददाता    

छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

कञ्चनपुर । निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा नेवि संघ कञ्चनपुरले आज शैक्षिक संस्था बन्द गरेको छ । दुई महिनासम्म हत्यारा पत्ता लगाउन नसकेकोले र सरकारले घटानामा संलग्न दोषिलाई पत्ता लगाएर कारवाही गर्नुको साटो संरक्षण गरेको भन्दै नेवि संघ कञ्चनपुरले आज शैक्षिक संस्था बन्द गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयबाट नाराजुलुससहित निस्किएको विरोध र्‍यालीले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

निर्मलाको न्यायका लागि आफूहरुले विरोध र दबाबका कार्यक्रमलाई निरन्तरता दिने नेवि संघ कचनपुरका जिल्ला सदस्य किशोर प्रसाद जोशीले बताए।

यसअघि, अनुसन्धानका क्रममा प्रहरीले डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएपछि स्थानीय अझ सशंकित बनेका छन् ।

यता, अधिकारकर्मीले समेत छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रिले अनसनलाई जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया