fbpx

काठमाडौंमा राहत शिक्षकहरुको प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राहत शिक्षकहरुले स्थायीको मागसहित आज काठमाडौंमा प्रदर्शन गरेका छन् । केन्द्रीय आन्दोलन परिचालन समितिको अगुवाईमा माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

दबाब र्‍यालीमा सहभागीले राहत शिक्षकको इच्छा, गुणस्तरीय शिक्षालगायत नारा लगाएका थिए । शिक्षकहरु विद्यालयको पढाई छाडेर पोसाकसहित सहभागी थिए ।

राहत शिक्षकहरुले निर्माणाधीन संघीय शिक्षा ऐनमा पेसागत सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै आएका छन् । देशभर करिब ४० हजार राहत शिक्षक रहेको उनीहरुको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार