fbpx

सरकार शिक्षकका मागप्रति उदासीन भएको भन्दै विरोध प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले आफ्नो मागप्रति उदासीनता देखाएको भन्दै छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार काठमाडौमा विरोध प्रदर्शन गरेका छन् ।

आफुहरुले राखेको पछिल्लो माग र छलफलको बिषयलाई सरकारले कुनै लिखित तथा मौखिक निर्णय नदिएको भन्दै उनीहरुले काठमाडौको माइतिघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उनहरुले २०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित गर्नबाट जोगाएर रोजगारीको हक सुनिश्चित गर्न र नवौं शिक्षक ऐन बमोजिम अस्थायी शिक्षक सरह ०७२ असोज पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षामा सामेल गर्न माग गरेका छन् ।

उनीहरुले मुलतः करार शिक्षकहरुलाई संघीय शिक्षा ऐनमा उल्लेख हुनुपर्ने माग पनि राखेका छन् । मौलिक हकको कार्याव्यन गर्नुपर्ने , सवै शिक्षकहरुलाई समान व्यवहार गर्नुपर्ने लगाएतका नारा लगाएका थिए ।

शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग पुरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार