प्रदेश नं २ मा एसईई परीक्षा स्थगित



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रदेश नम्बर २ मा चैत्र १४ गतेको एसईई परिक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा अन्तर्गत अनिवार्य विज्ञान विषयको परीक्षा स्थगित गरेको हो । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले सूचना जारी गर्दै स्थगित भएको परीक्षा आगामी चैत्र २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।


सम्बन्धित समाचार