भिएसओ र डिएफआइडिको सहयोगमा २७ जना बालिकाहरु विधालय भर्ना


Share This

नेपालबहस संवाददाता    

विरगंज । भिएसओ र डिएफआइडिको सहयोगमा २७ जना बालिकाहरु विधालय भर्ना भएका छन् । आसमान नेपाल पर्साको आयोजनामा तथा भिएसओ र डिएफआइडिको सहयोगमा संचालन भइरहेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग २ अन्तर्गत साविक विन्दवासीनी टोलका २७ जना अति सिमान्कृत समुदायका बालिकाहरुलाई आसमान नेपाल पर्साका समाजिक परिचालक रिता कुमारी साहले राधाकृष्ण चौरसिया माध्यमिक विधालयमा भर्ना गराउन सफल भएकी छिन ।

कहिल्यै पनि विधालय नगएका बालबालिका भर्ना भएपछि उत्सहित भएका छन । विधालय भर्ना गर्नु भन्दा अगाडी समाजिक परिचालक रिता कुमारी साहले बालिकाहरुको घरभेट गरेर तथ्यांक संकलन गरेको तथा बालीकाहरुको अभिभाावक संग निरन्तर छलफल तथा सहकार्य गरेको बताइ ।

सुरु सुरुमा बालिकाहरुको अभिभावकहरुले आफ्ना नानीहरुलाई विधालयमा पठाउन नमाने पनि निरन्तरको छलफल र अन्तरकृया पश्चात अभिभावकहरुले आफ्ना बालिकाहरुलाई विधालय भर्ना गराउन तथा नियमित पठाउने प्रतिवद्धा जनाएको चौरसियाले बताइन ।

तपाईको प्रतिक्रिया
Road Show Real State