यी हुन त्रिविको प्रश्नपत्र ‘लिक’ गर्ने प्रध्यापक !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका गुणस्तर खस्केको कुरा नौलो होइन । त्यसमा पनि प्रध्यापक नै प्रश्नपत्र लिक गर्नेतर्फ अग्रसर छन । एमएड फस्र्ट सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र प्राध्यापकबाटै बाहिरिएको छ। प्रश्नपत्र लिक भएपछि त्रिविले परीक्षा स्थगित गरेको छ ।

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्वीकारेका छन् ।

नयाँ पत्रिका लेख्छ– आइतबार भएको फाउन्डेसन अफ एजुकेशनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होम भट्टराईले आफ्नो किताबमा नमूना प्रश्नपत्र भनेर छापेका थिए ।

त्रिविमा पटक–पटक यस्ता प्रश्नपत्र आउट हुँदै आइरहेका छन् । यद्यपि, दोषीमाथि कारबाही भएको भने विरलै सुन्ने गरिएको छ ।

नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया