त्रिविको प्रश्नपत्र ‘लिक’ गर्ने प्राध्यापकद्धारा राजीनामा, छानबिन समिति गठन


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।

एमएड साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले बुधबार शिक्षाको आधार विषयको विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफूले गल्ती गरेको स्वीकार गरिसकेका छन् ।

छानबिन समिति गठन

त्रिवि शिक्षाशास्त्र संकायको डिन कार्यालयले प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न छानबिन समिति गठन गरेको हो ।

गणेश सिंह ठकुरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया