fbpx

त्रिवि प्राध्यापक संघको केन्द्रीय नेतृत्वमा प्रजातन्त्रवादी समूह निर्वाचित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको केन्द्रीय कार्यसमितिमा प्रजातन्त्रवादी प्राध्यापक संघको समूहले बहुमत ल्याएको छ ।बहुमत ल्याएकै समुहले पदाधिकारी चयन गर्ने भएकाले प्रजातन्त्रवादीहरुकै तर्फबाट निर्वाचितहरु पदाधिकारीमा नियुक्त हुने भएका छन् ।

निर्वाचित १५ जना मध्ये आठ जना प्रजातन्त्रवादी पक्षका रहेकाले उनीहरुले पहिलो बैठकबाटै पदाधिकारी चयन गर्ने तय भइसकेको छ ।उनीहरुले सभापतिमा बसन्त ढकाल, उपसभापतिमा कपिलदेव यादव, महासचिवमा केशवराज शर्मा, सचिवमा अजयकुमार पौडेल र कोषाध्यक्षमा उत्तरा खनाललाई नियुक्त गर्ने तय भइसकेको प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा. विष्णु पोखरेलले जानकारी दिए ।

प्रजातन्त्रवादीकै तर्फबाट कमलराज पौडेल, बद्री तामाङ र प्रकाश श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी प्रगतिशिल समूहबाट सदस्यमा निर्वाचित हुनेमा कृष्णराज ढकाल, डा. पदमप्रसाद खतिवडा, मिना गुरुङ, मौसमी गुरागाई, रेमन्त मोरबैत्ता, बलराम डिसी र सुन्दर गौतम रहेका छन् ।

निर्वाचनको परिणामले अधिकांश बुद्धिजिविहरु लोकतन्त्रकै पक्षमा छन् भन्ने पुष्टी गरेकाले लोकतन्त्रलाई संस्थागत गर्न थप योगदान पुग्ने प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव डा. पोख्रेलले विश्वास व्यक्त गरे। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात हजार नौ सय प्राध्यापकहरुबाट यो कार्यसमिति चयन भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार