सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भन्दै आर्थिक र नीतिगत भ्रष्टाचारको विषयमा छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रधानमन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा। विकास अधिकारी सदस्य छन् । समितिलाई छानबिन प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार