fbpx

पोखरा विश्वविद्यालयका सभापति र सचिवले थाले आमरण अनशन


Share This

नेपालबहस संवाददाता    

पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी सम्बन्धी विवाद अदालत हुँदै आमरण अनशनसम्म पुगेको छ ।स्ववियु विवाद समाधानमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला तत्काल नखोलिएको भन्दै स्ववियुका सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि केन्द्रीय कार्यालयमा आमरण अनशन थालेका हुन् ।

आफैंले हस्ताक्षर गरेको नियम बिपरीत स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार