fbpx
pachthar

पाँचथर हत्या प्रकरणः रुखमा भेटियो झुण्डिएको शव,सीआईबीले अनुसन्धान गर्दै

पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ/दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलमा... थप पढ्नुहोस्
nebiiiiiiiii

‘हनुमान’ भर्तीको आशाले नेविसङ्घ नेतृत्वविहीन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नर्सरी संस्था नेपाल विद्यार्थी सङ्घ यतिबेला नेतृत्वविहीन अवस्थामा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवासहित नेविसङ्घ हेर्ने जिम्मेवारी पाएका पार्टीका सहमहामन्त्री प्रकाशशरण महत लगाएतका नेताहरुले नेविसङ्घले छिट्टै नेतृत्व पाउने बताउँदैै आ्रएपनि उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा नेताहरुको विवादका कारण नेतृत्वविहिन बनेको नेव... थप पढ्नुहोस्
janakpur

एघार भन्सार कार्यालयमा निर्यात शुन्य १० खर्ब बराबरको आयात

काठमाडाैँ। मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो । विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार कार्यालयबाट चालू आर्थिक ... थप पढ्नुहोस्

जनमत संग्रह लोकतन्त्रको उच्चतम रूप हाे, जनताले जे चाहन्छन त्यही हुन्छ : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत संग्रह लोकतान्त्रिक प्रक्रियाको उच्चतम रूप भएको बताएका छन्। विखण्डनकारी मुद्दा उठाएका सिके राउतले सरकारसँग सम्झौतापछि सरकार जनमत संग्रहका लागि तयार भएको दाबी गरिरहँदा प्रधानमन्त्री ओलीले जनताले जे चाहन्छन् त्यही हुने बताएका हुन्। ‘जनमत संग्रह उच्चारण नै गर्न नहुने कुरा होइन,’ सोमबार सुरक्षा परिषद्को १८औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्... थप पढ्नुहोस्

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट, १ जना घाइते

काठमाडौको बसुन्धारामा बम बिस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको हो ।शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । आगलागीबाट तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी... थप पढ्नुहोस्

रेशम चौधरीको शपथ कानूनी राज्यको उपहास : तरुण दल

काठमाडौं । कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ गराउन लागेकामा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले आपत्ति जनाएको छ । हत्या आरोपमा दोषी देखिएका चौधरीलाई शपथ गराउनुले कानूनी राज्यको उपहास भएको उसले बताएको छ । महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘२०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सातजना सुरक्षाकर्मी र नाबालकको हत्याको ... थप पढ्नुहोस्

इलाममा अनसन बस्नपुगेका गोविन्द केसी किन पछि हटे (विज्ञप्तिसहित)

काठमाडौं । १६ औं अनसन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीको अनसनको कार्यक्रम स्थगित भएको छ।डा .केसीले आज एक विज्ञप्ति जारी गर्दै आगामी पुस २५ गतेसम्मको लागि अनसनको कार्यक्रम स्थगित भएको जनाएका छन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता जनाएकाले २५ गतेसम्मका लागि अनसनको कार्यक्रम स्थगन गरेको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसी... थप पढ्नुहोस्

मुस्ताङमा १२ प्रतिशतले पर्यटकको सङ्ख्या बढ्यो, फोटो फिचर

मुस्ताङ । सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृद्धि भएको छ ।सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप)जोमसोमले जनाएको छ । विसं २०१८ मा विदेशी पर्यटक आगमन १२.३० प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख तुलसी दा... थप पढ्नुहोस्

वाइड वडी खरिद प्रकरणबारे छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

काठमाडौं । नेपाल वायू सेवा निगमको वाइड बडी खरिद प्रकरणको अध्ययन गर्न अध्ययन उपसमिति गठन गरिएको छ । आज बसेको संघीय संसदको लेखा समिति बैठकले सांसद राजेन्द्र केसीको संयोजकत्वमा उपसमित गठन गरिएको हो । उपसमितिले १५ दिनभित्र वाइड वडी खरिद प्रकरणबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ । समितिका सदस्यहरुमा प्रेमबहादुर आले, मिना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदिप यादव र धर्मशिला चापागाई रहेका छन् ... थप पढ्नुहोस्

होङ्सी शिवम् सिमेन्टमा ५ बैंकहरुले गरे १६ अर्ब ऋण लगानी

काठमाडौं । होङ्सी शिवम् सिमेन्टमा वाणिज्य बैंकहरुले ऋण लगानी गर्ने सम्बन्धमा आज सम्झौता भएको छ । पाँचवटा बैंकले पहिलो चरणमा १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ३६ अर्ब रुपैयाँको लगानीमा खुलेको सिमेण्ट उद्योगका लागि २ चिनीयाँ बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेका छन् । एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल एसबिआर्इ बैंकले सह–वित्तीयकरणमा ऋण... थप पढ्नुहोस्
1 2 3 87