कलश सिमेन्टका मालिक नै सुपारी र मरिचको अवैध धन्दामा !

सुपारी किङ्ग अनिल पटवारी फरार, भन्सार अधिकृतमाथि छानविन तीव्र काठमाडौं । सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत भएका छन् । देखाउने दांतका रुपमा सिमेन्ट उद्योगी पनि रहेका पटवारीको मुख्य धन्दा भने सुपारी र कालो मरिचको तस्करी गर्नु रहेको खुलासा भएको छ । गत जेठ २१ गते बीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मेट्रिक टन मरिच उनैको भएको रहस्य खुलेपछि उनी मोबाइल स्वीचअफ गरी फरार भएका हुन् । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लान लागिएको उक्त परिमाणको कालो मरिच बीरगंजको कै भन्सार नाका इनरुवाबाट पक्राउ गरेको थियो । थप पढ्नुहोस्

सुन तस्करीकाण्डमा व्यवसायी दीपक मल्होत्राको संलग्नता छैन् : गृह स्रोत

साढे ३३ किलो गोल्ड तस्करीको छानविन अन्तिम चरणमा काठमाडौं । नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । थप पढ्नुहोस्

साना लगानीका संचारमाध्यामको संरक्षण र विकासमा मन्त्री बस्नेत प्रतिबद्ध,लोकतान्त्रिक छापामाध्यामले बुझायो १२ बुँदे ज्ञापनपत्र

२५ भदौ,काठमाडौं । सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले साना लगानीका व्यवसायिक तथा स्वरोजगारमुलक संचारमाध्यामको संरक्षण,सम्बद्धर्न र विकासमा आफ्नो कार्यकालमा सक्दो पहल गर्ने बताएका छन् । लोकतान्त्रिक छापामाध्याम राष्ट्रिय समाजको तर्फबाट ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री बस्नेतले उक्त दावी गरेका हुन् । थप पढ्नुहोस्

५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा हिजो काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । थप पढ्नुहोस्

सुगम जिल्ला मोरङको दर्गम गउँ सिंहदेवीमा चिया खेतीको व्यवसायिक विस्तार

१ साउन, काठमाडौं । चियाको व्यावसायिकखेती भन्नेबित्तिकै आमनेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । तर, सुगम जिल्ला मोरङको दुर्गम गाउँ सिंहदेवीमा २०५५ सालदेखि स्थानीयवासी नारायण राईले सुरु गरेको चिया खेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । विकासको कुनै पूर्वाधार नभएका बेला १८ वर्षअघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल ३०० रोपनीमा विस्तार भएको छ । गाउँमा व्यावसायिक कामको कुनै सम्भावना नभएका बेला चियाखेतीमा लाखौँ रुपैयाँ खर्चिएका राई बल्ल लगानीबाट चित्त बुझ्न थालेको बताउँछन् । थप पढ्नुहोस्

गाउँपालिकाको मुख्य योजना पर्यटन प्रर्वधन र विकास निर्माण

१ साउन, काठमाडौं । कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिए । गाउँपालिकाको आव २०७४/७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएको बताउँदै उनले सबैको सहकार्यमा विकास निर्माणका योजना अघि बढाइने उल्लेख गरे । थप पढ्नुहोस्

भानुको जन्मजयन्तीमा कबिता र प्रभातफेरीे

असार २९, काठमाडौं । लक्ष्मी साहित्य समाज पर्साले आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाएको छ । बीरगंजको घण्टाघर चोकबाट निकालीएको झाँकी सहितको प्रभात फेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानीय होटल मकालुमा पुगी सम्पन्न भएको थियो । कबिता बाचनका प्रमुख अतिथी साहित्यकार एल.बी. क्षेत्रीले दिप प्रजवलन गर्दै भानुभक्तको फोटोमा माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथी क्षेत्रीले आज पुनः पुरानो नेपाल फर्किएको महशुस भएको उल्लेख गरे । थप पढ्नुहोस्

गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार छापगैरा सामुदायिक वनलाई दिने

२७ असार, काठमाडौं । वन विभागले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार छापगैरा सामुदायिक वनलाई दिने भएको छ । विभागमा आज बसेको बैठकले यस वर्षको उत्कृष्ट सामुदायिक वनमध्ये नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिने निर्णय गरेको हो । पुरस्कार राशि नगद रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई रु ७५ हजार तथा तृतीय पुरस्कार निउरेनी चिसापानी सामुदायिक वन मकवानपुर र वनपाले सामुदायिक वन कास्कीलाई रु २५÷२५ हजार दिने निर्णय गरेको विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुजराज शर्माले जानकारी दिए । थप पढ्नुहोस्

नवलपरासीमा ६ सामुदायिक नमूना विद्यालय

२७ असार, काठमाडौं । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन् । जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन् । नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् । थप पढ्नुहोस्

रामानन्द गिरीको पार्थिव शरीर नारायणीमा जल समाधिस्थ

२५ असार, काठमाडौं । शिक्षासेवी एवम् पूर्वीय दर्शनका अन्वेषक डा. रामानन्द गिरीको पार्थिव शरीरलाई सन्त परम्पराअनुसार आज देवघाटस्थित नारायणी नदीमा जल समाधिस्थ गरिएको छ । निमोनिया रोगबाट पीडित ७१ वर्षीय गिरीको शनिबार पशुपतिस्थित शङ्कराचार्य मठमा निधन भएको थियो । कास्कीको पुरन्चौरमा १२ दिनअघि प्रवचनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि राजधानीस्थित ग्राण्डी अस्पतालमा ल्याई भर्ना गरिएको थियो । थप पढ्नुहोस्