नेपाली काङ्ग्रेसका विशेषता भन्नु नै आधुनिक राज्य–सञ्चालनका विशेषताहरू हुन् – श्रीप्रसाद जी.टी ,नेता -नेपाली कांग्रेस

समाजवादका हिमायती : स्याङ्जाका श्रीप्रसाद जी.टी.                                                   – प्रा.डा. यमबहादुर क्षत्री आफ्नै देशभित्र हामी भौगोलिक विविधता र सांस्कृतिक विविधता देख्दछौँ । यी विविध क्षेत्र र विविध संस्कृतिका बीचमा विभिन्न स्थानका व्यक्तित्वहरूमध्ये केही व्यक्तिहरूलाई विशेष गुणका कारण विशेष व्यक्तिका रूपमा लिन सकिन्छ । कलाका क्षेत्रमा होस् या विद्या र विज्ञानका क्षेत्रमा होस्, राजनीतिक–सामाजिक क्षेत्रमा नै किन नहोस्, केही व्यक्ति विशेष क्षमतावान देखिन्छन् । यस्ता व्यक्तित्वहरूलाई पहिचान गर्ने र पहिचान दिलाउने प्रयास पनि चाहिन्छ । थप पढ्नुहोस्

न्यायाधीश, महाअभियोग र न्यायालय

# इन्द्र रिजाल # राज्यको आत्मा र अस्तित्व रहने दुई पक्ष– यसको बल र बैधतामाथि नियोजित किसिमले गम्भीर हमला हुँदैआएको छ । बल अर्थात सेना, प्रहरी जस्ता सुरक्षा संगठन र बैधताको प्रतिक स्वतन्त्र न्यायालय प्रहारको तारो भएका छन् । मुलुकको सार्वभौमसत्ताको प्रामाणिकता पनि यिनै दुई निकायको जीवन्त र निर्णायक अस्तित्वले प्रतिबिम्बित गर्दछ । यी दुवै पक्ष दलीय राजनीतिभन्दा माथि हुन्छन् भने राजनीतिक ब्यवस्था सँगसँगै परिवर्तन भइरहने पक्ष पनि होइनन् । यिनीहरूमाथिको हमलालाई राज्य विघटनको लाक्षणिक शुरुआत मान्नुपर्ने हुन्छ । थप पढ्नुहोस्

पूर्वराजसभा स्थायी समिति सदस्य गुरुङले दिए २५ रोपनी जग्गा दान

काठमाडौं । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१औं जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेका छन् । स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहेका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमीनमा आयआर्जनका कार्यक्रम गरेर शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताए । थप पढ्नुहोस्

बयोबृद्ध माईली तामाङले काभ्रे प्रहरीबाट पाईन न्याय

काठमाडौं । काभ्रे भन्ने वित्तिकै गुण्डा डन र तस्करको उद्गमस्थलका रुपमा परिचय बनाएको छ । काठमाडौंका गुण्डागर्दी गर्ने डनहरुदेखि तस्करी गर्ने अधिकांश धन्दावालाहरुको जन्मभूमी काभ्रे नै रहेको पाइन्छ । कुनै समय तातोपानी नाकाबाट तस्करी हुने नुनदेखी सुनसम्मको धन्दामा पनि काभ्रेलीहरुको बाक्लै सहभागिता रहने गरेको थियो । यताबाट रक्तचंन्दन र खासाबाट सुनको अवैध तस्करीको मुख्य टान्जिट प्वाइन्ट रहेको काभ्रे यतिबेला भने बोधिचित्तका कारण पुन एकपटक चर्चामा आएको छ । थप पढ्नुहोस्

कलश सिमेन्टका मालिक नै सुपारी र मरिचको अवैध धन्दामा !

सुपारी किङ्ग अनिल पटवारी फरार, भन्सार अधिकृतमाथि छानविन तीव्र काठमाडौं । सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत भएका छन् । देखाउने दांतका रुपमा सिमेन्ट उद्योगी पनि रहेका पटवारीको मुख्य धन्दा भने सुपारी र कालो मरिचको तस्करी गर्नु रहेको खुलासा भएको छ । गत जेठ २१ गते बीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मेट्रिक टन मरिच उनैको भएको रहस्य खुलेपछि उनी मोबाइल स्वीचअफ गरी फरार भएका हुन् । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लान लागिएको उक्त परिमाणको कालो मरिच बीरगंजको कै भन्सार नाका इनरुवाबाट पक्राउ गरेको थियो । थप पढ्नुहोस्

सुन तस्करीकाण्डमा व्यवसायी दीपक मल्होत्राको संलग्नता छैन् : गृह स्रोत

साढे ३३ किलो गोल्ड तस्करीको छानविन अन्तिम चरणमा काठमाडौं । नेपालस्थित सामसुङ मोबाईलका अधिकृत बिक्रेता तथा प्रतिष्ठित व्यवसायी दीपक मल्होत्राको चर्चित सुन तस्करी काण्डमा कुनै संलग्नता नरहेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । थप पढ्नुहोस्

५१ औं रक्तसञ्चार सेवा दिवस भव्यताका साथ सम्पन्न, साढे तीन लाख बिरामी लाभान्वित

१२ साउन,काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३÷७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रगत सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ विरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको जनाएको छ । रेडक्रसका प्रवक्ता दिव्यराज पौडेलका अनुसार यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरु सञ्चालन भएका छन् । नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा हिजो काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । थप पढ्नुहोस्

ब्याडमिन्टन एसिया जुनियरमा जितसँगै नेपाली खेलाडी दोस्रो चरण प्रवेश

११ साउन, काठमाडौं । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् । कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिए । थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्

भानुको जन्मजयन्तीमा कबिता र प्रभातफेरीे

असार २९, काठमाडौं । लक्ष्मी साहित्य समाज पर्साले आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती मनाएको छ । बीरगंजको घण्टाघर चोकबाट निकालीएको झाँकी सहितको प्रभात फेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानीय होटल मकालुमा पुगी सम्पन्न भएको थियो । कबिता बाचनका प्रमुख अतिथी साहित्यकार एल.बी. क्षेत्रीले दिप प्रजवलन गर्दै भानुभक्तको फोटोमा माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथी क्षेत्रीले आज पुनः पुरानो नेपाल फर्किएको महशुस भएको उल्लेख गरे । थप पढ्नुहोस्