fbpx

किसानको दैनिकी


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय किसान उन्नतजातको पाकेको तोरी काटदै । किसानले यहाँ उन्नतजातको तोरी खेती गरेर मनग्य आम्दानी लिँदै आएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

तनहुँको आाबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उत्कृष्ट कृषकलाई मिनी टेलर हस्तान्तरण गर्दै । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा १३ उत्कृष्ट कृषकलाई मिनी टेलर प्रदान गरेको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ) 

नुवाकोटको तार्केश्वर गाँउपालिका–४ स्थित नेवारपानी ढोडपाखा सामुदायिक वनबाट बुधबार बिहान अवैधरुपमा कटान गरी तस्करीले लैजाँदै गरेको काठ सामुदायिक वनका उपभोक्ताको नियन्त्रणमा । काठसहित तस्करीमा संलग्न चार जना र गाडीलाई उपभोक्ताले नियन्त्रणमा लिई कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाएका छन् । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती नुवाकोट

तपाईको प्रतिक्रिया