fbpx

थरी–थरीका फोटाहरु



नेपालबहस संवाददाता
 




शक्तिशाली कर्णाली खस राज्यको राजधानी रहेको सिंजाको सभ्यता र पहिचानसँग जोडिएको पोशाकमा महिलाहरु । तस्वीरः शुरबहादुर सिंह, कर्णाली प्रदेश

हुम्लामा आठ दिनको भारी हिमपात पछि बुधबार देखि पुन हिउँ पर्न शुरु भएको छ । हिउँले गाईवस्तु र स्थानीयलाई असर पारेको छ । तस्वीर दाने बोहरा, हुम्ला

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार प्रेस चौतारी नेपाल चितवन र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै । तस्बिरः नारायण अधिकारी, चितवन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ बिहीबार धनुषा र महोत्तरी जिल्ला जोड्ने भंगहा नदीमाथि निर्माण हुने पुलको शिलान्यास गर्दै । तस्वीरः अजयकुमार साह, धनुषा

पश्चिम नवलपरासी स्थित रामग्राम महिला जेसीज परासीको सातौँ पदहस्तान्तरण समारोहमा सम्बोधन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल । तस्वीर : मोहन पौडेल, परासी

पश्चिम नवलपरासी स्थित रामग्राम महिला जेसीज परासीको सातौँ पदहस्तान्तरण समारोहमा सहभागी हुँदै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल लगायत । तस्वीर : मोहन पौडेल, परासी

म्यानमारको बगानामा बुधबार सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य । म्यानमारको ऎरावती नदी नजिकै सूर्यास्तको तस्वीर कैद गर्न विश्वको फोटो पत्रकार तथा पर्यटक आउने गरेको पाईन्छ । तस्वीर : सनिउल्ला धोबी, कृष्णनगर– हाल म्यानमार ।

मुख्यमन्त्री लालबाबु राउत बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश नं २ स्तरीय प्याव्सन अधिवेशनलाई उदघाटन गर्दै । तस्बिरः धनवीर महतो, महोत्तरी

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई ‘एक महिने जनसंवाद यात्रा’ को क्रममा बुधबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आयोजित ‘संघीयताको कार्यान्वयन, ३ नं प्रदेशको नामाकरण र राजधानी’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक बनेपा

प्रदेश नं ५ मा सरकारले गठन गरेको प्रदेश विकास परिषदको बुटवलमा बुधबार बसेको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा परिषदका अध्यक्ष शंकर पोखरेल । तस्वीरः भरत के.सी., बुटवल

करिब रु. दुई करोडको लागतमा निर्माण शुरु हुन लागेको कास्की सराङ्गकोटस्थित स्याउले खेत खानेपानी लिफ्टिङ आयोजनाको शिलान्यास गर्दै गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल । तस्वीरः जमुना वर्षा शर्मा, कास्की

यही माघ २६ गतेदेखि धनगढीमा शुरु हुन लागेको बहुचर्चित धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताका क्रममा बालबिवाह विरुद्ध गरिने चेतनामूलक सन्देश प्रवाहका लागि प्रयोग गरिने जर्सी बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिँदै । तस्वीरः सिद्धराज भट्ट, धनगढी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित सिद्ध बैजनाथ माध्यमिक विद्यालयमा आयोजित प्रथम नगरस्तरीय ११औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको अवसरमा मन्तव्य व्यक्त गर्दै प्रतिनिधिसभाका सांसद नरबहादुर धामी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

व्यास नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाजले आयोजना गरेको विपद् जोखिम व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा समुदाय स्तरीय आपतकालीन पूर्व तयारी र प्रतिकार्य क्षमता अभिवृद्धि तालिमको बुधबार आयोजित समापन समारोहमा सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान । तस्बिरः कृष्ण न्यौपाने, दमौली

नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकाको कुबिन्डेस्थित सेतीदेवी माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै । तस्वीरः देवराज सुवेदी, सिन्धुपाल्चोक

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ बुधबार सिन्धुलीको दुधौली नगरपालिका– ६ जगाडी र ४ खनिया जोड्ने पुल उद्घाटन गर्दै । तस्बिर : नवीनबाबु अधिकारी, सिन्धुली

बाँदर नियन्त्रणका लागि भारतबाट झिकाइएको पेसेवर सिकारी मुखतारलाई रु। पाँच लाख रकम प्रदान गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल । आगामी जेठ मसान्तभित्र प्रतिगोटा रु। दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ । तस्वीर : केदार मगर, खोटाङ

विगत दुई वर्षदेखि बेपत्ता रहेर भेटिएका १४ वर्षीय बालक विकास विकलाई बेथानी भिजन नेपाल काठमाडौको सहयोग तथा जिल्ला बालकल्याण समिति तनहुँको समन्वयमा अभिभावकलाई बुझाइँदै । तस्वीर : कृष्ण न्यौपाने, दमौली, तनहुँ गण्डकी प्रदेश

इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसन, भारतद्वारा सिलगुडीमा आयोजित बंगाल ट्राभल मार्टमा व्यवसायिक आदान प्रदान (विटुवि)मा सहभागी बन्दै पोखरेली पर्यटन व्यवसायी । तस्वीरः वासुदेव पौडेल, पोखरा

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तकिरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत तनहुँको रिसिङ गाउँपालिका–७ रानीपोखरीका स्थानीयलाई नगद रु १० हजार हस्तान्तरण गरिँदै । रेडक्रसले एक सय ३७ जनालाई जनही रु १० हजारको दरले रकम वितरण गरेको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ) गण्डकी प्रदेश

नुवाकोटको किस्पाङ गाँउपालिका–३ काहुलेमा सञ्चालन भइरहेको ५४औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी अतिथी एवम् खेलाडीलाई स्वागत गर्न तामाङ वेशभूषामा युवती । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती, नुवाकोट


सिंहदरबारमा बिहीबार बसेको सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा सहभागीहरु । तस्वीरः चन्द्रकला क्षेत्री, काठमाडौं