fbpx

पशुपालन अनि आलुखेती



नेपालबहस संवाददाता
 




चिसोबाट जोगाउन बिरुवाको वरिपरि पुराना कपडाले बेरेर संरक्षण गरिएका अंगुरका बिरुवा । त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने गल्लीगाउँमा लगाइएका यी बिरुवा नगरपालिकाले कृषकहरुलाई व्यावसायिक फलफुल खेतीतर्फ आकर्षित गर्नका निःशुल्क वितरण गरेको थियो । तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा

पाल्पाको रामपुर नगरपालिका–६ का विष्णुदेवी गैरेले आफ्नै नाममा गाई फार्म दर्ता गरेर व्यवसायिक रुपमा पालेको गाई । दूध बिक्रीबाट मासिक रु ३५ हजार आम्दानी गर्ने उहाँ बताउनुहुन्छ । तस्बिर : सुशीला रेग्मी, बेझाड (पाल्पा)

पाल्पाको रामपुर नगरपालिका ५ सानीअमराई बस्ने फरक क्षमता भएका सुन्न र बोल्न नसक्ने शशिराज डोटेलले लगाउनुभएको आलुखेती । उहाँले करीब पाँच रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर मनग्य आम्दानी गर्नुहुन्छ । तस्वीर : सुशीला रेग्मी, बेझाड (पाल्पा)

सिन्धुपाल्चोकको पाँचखालमा देखिएको आलुखेतीको दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौं

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले निःशुल्क उपलब्ध गराएको हाते ट्याक्टर सोमबार ग्रहण गर्दै अगुवा कृषक । लामो समयदेखि परम्परागत कृषि गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय आधुनिक प्रणालीमा अग्रसर हुँदै गएका छन् । तस्वीर : केदार मगर, खोटाङ