fbpx

पानी जहाज कार्यालय


Share This

नेपालबहस संवाददाता    

ललितपुरको एकान्तकुनास्थित निर्मित नेपाल पानी जहाज कार्यालय भवन । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरको एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय समुद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौं

गोरखा नगरपालिका–६ हस्पिटलचोकमा निर्माण गरिएको नेपालका प्रथम शहीद लखन थापा मगरको अर्धकदको शालिक अनावरण कार्यक्रममा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी । तस्बिर : दीपक श्रेष्ठ, गोरखा

दाङमा अध्ययनरत कैदीबन्दीका बालबालिकासँग बालबालिकाका अभिभावक । पीडित संघ दाङले बालबालिकालाई वितरण गर्न लागेको छात्रवृत्ति कार्यक्रममा उहाँहरु सहभागी भएका हुन् । तस्वीर : दीपक बोहरा, लमही (दाङ)

भोजपुर बजारमा खेरा गइरहेका कवाडी धातुका भाँडाकुँडाबाट देवी देवताको मूर्ति बनाइदै । तस्वीर : युवराज विष्ट, भोजपुर

जाजरकोट नलगाड नगरपालिकाको आयोजनामा दल्लीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा सञ्चालित महोत्सवमा मयूर नाच प्रस्तुत गर्दै स्थानीय कलाकार । तस्वीरः हेमन्त केसी, जाजरकोट 

जाजरकोट नलगाड नगरपालिकाको आयोजनामा दल्लीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा सञ्चालन भएको महोत्सवमा दमाह बजाएर नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार । तस्वीर : हेमन्त केसी, जाजरकोट

‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालको संयुक्त आयोजनामा बिहीबार काठमाडौँमा शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक तस्बिर खिचाउँदै कार्यक्रमका सहभागीहरु । तस्बिर : चन्द्रकला क्षेत्री, काठमाडौं

‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालको संयुक्त आयोजनामा काठमाडौँमा शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरको एकान्तकुनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित नेपाल पानी जहाज कार्यालय समुद्घाटन समारोहमा सहभागी हुँदै । तस्वीर : चन्द्रकला क्षेत्री,काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालको संयुक्त आयोजनामा काठमाडौँमा शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन गर्दै । तस्बिर : प्रदीपराज वन्त

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधबारदेखि सञ्चालन भएको ‘प्रथम मुख्यमन्त्री रनिङ शिल्ड’ पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरः शुरबहादुर सिंह, कर्णाली प्रदेश सुर्खेत ।

तपाईको प्रतिक्रिया