प्रभावित क्षेत्रमा राहत



नेपालबहस संवाददाता
 



हावाहुरी प्रभावित क्षेत्रको तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्रखनाल समेतको टोलीले बारा तथा पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रको सोमबार अवलोकन गरेका थिए।

हावाहुरीबाट हालसम्म पुरूष १३, महिला १२ र लिङ्ग नखुलेका २ गरी जम्मा २७ जनाको मृत्यु भएको छ । मृतकमध्ये बारामा २६ जना र पर्सामा १ जना रहेका छन् । तीमध्ये नेपाली नागरिक २३ र भारतीय नागरिक ४ जना छन् ।

हावाहुरी प्रभावित क्षेत्रको तस्वीर

घटनाका परी घाइते भएका ६ सय ४ जनामध्ये पर्सास्थित विभिन्न अस्पतालहरूमा ३ सय ४४ जनाको उपचार भइरहेको छ । १० जनालाई थप उपचारको लागि नेपाली सेनाको स्काई ट्रकद्वारा काठमाडौं ल्याई उपचार भइरहेको छ । साथै बाराको कलैयास्थित विभिन्न अस्पतालमा ४२ जनाको र अन्यको स्थानीय स्वास्थ्य चौकी तथा मेडिकलहरूमा उपचार भइरहेको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजबाट विशेषज्ञ चिकित्सकसमेत १९ जना स्वास्थ्यकर्मीहरूको टोली त्यसतर्फ खटिगई उपचारमा संलग्न रहेको छ ।

हावाहुरी प्रभावित क्षेत्रको तस्वीर

नेपाल प्रहरी श्रीमती संघले ५ हजार थान त्रिपाल, ड्राईफुड समेतका खाद्यान्न, सरसफाईका सामान लगायत अन्य राहत सामाग्रीहरू प्रभावित क्षेत्रमा तत्काल राहतको रुपमापठाएको छ ।

हावाहुरी प्रभावित क्षेत्रको तस्वीर

उक्त प्रभावित स्थानहरूमा खोज, उद्धार तथा राहतलाई तीव्रता दिन आइतबार रातिदेखिनै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल समेतको टोली परिचालित रहेको थियो ।

हावाहुरी प्रभावित क्षेत्रको तस्वीरसाथै जिल्ला प्रहरी कार्यालय वारातथा पर्सा, दङ्गा नियन्त्रण प्रहरी गण हेटौंडा, सशस्त्र प्रहरी गण जनकपुर, मध्ये क्षेत्र सशस्त्र प्रहरी गण रातोमाटे, विपद व्यवस्थापन गुल्म बीरगंजलगायतका प्रहरी युनिटबाट समेत तत्काल प्रहरी टोली खटिई गई उद्धार कार्य गरिरहेको छ ।

हावाहुरी प्रभावित क्षेत्रको तस्वीर