fbpx

रङगशाला, सडकमार्गदेखि रेल-वेसम्म



नेपालबहस संवाददाता
 




जनकपुरको सीताचोकस्थित जनकपुर–जयनगर रेलवे लाइनको एक दृश्य । तस्वीर : तीर्थ भट्टराई


पहिलो पटक दूरगमक्षेत्र सिन्धुपाल्चोकको सिम्पालकाभ्रेमा बस सेवा सञ्चालन । सोमवार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ्ले बस सेवाको उद्घाटन गर्नुभयो । तस्वीर : देवराज सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बराम्चेको राम्चे र खानीडाँडा बीचको पहरो तोडेर स्थानीयहरु आफ्नै लगानी र सक्रियातामा सडक बनाउदै । तस्वीर : देवराज सुवेदी, सिन्धुपाल्चोक
कञ्चनपुरको कलुवापुर बेलौरी अबरुद्ध सडकको स्तरोन्नतीका लागि प्रतिवद्धता व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खडका । चारदिनदेखि स्तरोन्नतीको माग गर्दै स्थानीयले सडक अबरुद्ध गरेपछि कार्य सुचारु गर्ने सहमतीपछि अबरुद्ध सडक सञ्चालनमा आएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

जाजरकोट नलगाड नगरपालिका– ८ मन्मैमा रङगशालाको डिपिआर निर्माणको लागि नक्साकंन गदैँ । तस्वीर : हेमन्त केसी, जाजरकोट

जुम्लामा सदरमुकाम खलङ्गादेखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौर लासीसम्मको बढीखोली सडक खण्ड हिउँ र बरफले अवरुद्ध भएपछि उक्त सडक खण्डमा थन्किएको डोजर । यो सडक खण्ड गत मङ्सिर महिनादेखि अबरुद्ध छ । तस्वीर : मानदत्त रावल, जुम्ला

कालिगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको जिम्मा पाएको नेपाली सेनाको कार्यदलले करिडोरको चट्टान काट्ने तयारीका लागि खटिएका नेपाली सेनाका जवान । तस्वीर : सुवास गौतम, गलकोट (बागलुङ)