fbpx

हेर्नुहोस्, हाम्रा नेताका धेरै रुप


Share This

नेपालबहस संवाददाता    

इलाम नगरपालिकाले नागरिकका तर्फबाट प्रदान गरेको अभिनन्दन–पत्र प्रधानमन्त्री केपी ओलीलाई प्रदान गर्दै इलाम नगरप्रमुख महेश बस्नेत । देशलाई स्वतन्त्र र स्वाभिमानमा हिडाउँदै समृद्ध यात्रामा अगाडि बढाउन नेतृत्व गरेको भन्दै इलाम नगरपालिकाले पधानमन्त्रीलाई नागरिक अभिनन्दन गरेको हो । तस्वीर : गंगा पराजुली, पशुपतिनगर

तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको शुक्रबार आयोजित ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), गण्डकी प्रदेश
भूकम्पले क्षति पु¥याएको आनन्दकुटी विद्यापीठभित्र रहेको ‘करुणा भवन’को शिलान्यास कार्यक्रममा शुक्रबार सहभागी पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायत नेताहरु । उक्त भवन चिनिया कम्पनीले निर्माण गर्ने भएको छ । तस्वीर : अच्युत रेग्मी
प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे मोरङको बेलवारी नगरपालिकामा नेपाल नेत्रहीन संघ मोरङले १७ औं साधारणसभामा मन्तव्य राख्दै । तस्विर ः सुमन घिमिरे, प्रदेश नं. १ उर्लाबारी (मोरङ)
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. ३ को शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको भेलामा बोदै सांसद नविना लामा । तस्बीर : पेमा लामा, प्रदेश नं. ३, बनेपा ।
विश्वज्योति युवा क्लब र शक्ति युवा क्लबले शुक्रबार धनगढीमा आयोजना गरेको ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ को उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल । तस्वीरः तिलकराज ओझा, कैलाली
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवी बजारमा शुक्रवार आयोजित सडक शिलान्यास कार्यक्रमस्थलतर्फ जाने क्रममा स्वागत गर्न बसेका विद्यार्थीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ । तस्वीरः गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबी बजारमा शुक्रवार आयोजित सडक शिलान्यास तथा केन्द्रिय प्रशारण लाइनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फूलमाला लगाउन सयपत्री फूलको माला बोकेका जनप्रतिनिधि । तस्वीरः गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबी बजारमा शुक्रवार आयोजित सडक शिलान्यास कार्यक्रमस्थलतर्फ जाँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई । तस्वीरः गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १
नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्द्रीय महाधिवेशनलाई शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राइ । तस्वीरः भेषराज बस्नेत, राँझा
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवी बजारमा शुक्रवार आयोजित सडक शिलान्यास तथा केन्द्रीय प्रसारण लाइनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न जातीय पोशाकमा सजिकएका लिम्बू समुदायका युवायुवती । तस्वीर : गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १
तपाईको प्रतिक्रिया