अभियुक्त एसएसपी खत्रीको बयान सकियो, थुनछेक बहस सुरू


Share This


नेपालबहस संवाददाता    52 Views

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ । उनले बिहीबार बिहान जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । लगत्तै, उनको बयान सुरु भएको थियो ।

जिल्ला अदालतका अनुसार उनको थुनछेक बहस केहीवेरमा सुरु हुँदैछ । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ । प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

तपाईको प्रतिक्रिया