संसद बैठक जारी : अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिने भएका छन् ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचिमा रहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State